काठमाडौं । आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागेको नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मका उम्मेदवार हुन पहिलोपटक शुल्कको व्यवस्था गर्ने तयारी गरेको छ ।
४ मंसिरबाट वडा अधिवेसनमार्फत राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले वडा, पालिका, प्रदेशसहित केन्द्रका लागि शुल्क लिएर मात्र उम्मेदवारी दिन लगाउने भएको छ ।
विष्णुपुकार श्रेष्ठ नेतृत्वको निर्वाचन समितिले बनाएको कार्यविधिअनुसार केन्द्रका बाहेक अन्य सबै तहका उम्मेदवारका लागि शुल्क निर्धारण गरिएको छ । जसअनुसार वडा पदाधिकारीका लागि १०० रुपैयाँ तथा वडा सदस्य हुन ५० रुपैयाँ तोकिएको छ ।
स्थानीय तहका पदाधिकारीका उम्मेदवारले ५०० र सदस्यहरूले ३०० शुल्क बुझाउनु पर्ने र प्रदेशमा पदाधिकारी हुन उम्मेदवारले एक हजार र सदस्यले ५०० सय रुपैयाँ उम्मेदवारी शुल्क बुझाए पछि मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाउने श्रेष्ठले जानकारी दिएका छन् ।केन्द्रीय तहका उम्मेदवारको भने शुल्क निर्धारण हुन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, १३ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी काममा फर्किए प्रचण्ड, आज पार्टी कार्यालयको निरीक्षण गर्ने
आगजनीमा हाम्रो संलग्नता छैन, कुनै कार्यकर्ता संलग्न भेटिए कडा कारवाही होस् : माओवादी
सुशीला कार्कीलाई प्रधानमन्त्री बनाएपछि माओवादीले गर्यो भर्त्सना
माओवादीद्वारा पूर्ण पदाधिकारी बैठक आह्वान
पालुङटारकी नेसपा नेतृ सुशिला श्रेष्ठ माओवादी केन्द्रमा प्रवेश
सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको माओवादीको निष्कर्ष