काठमाडौं । करिब ३१ लाख सदस्यता वितरण गर्ने माओवादीको महत्वकांक्षी योजनामा शुक्रबारसम्म सात लाख ३५ हजारले साधारण सदस्यता लिएका छन् ।पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिए ।
‘अहिलेसम्म सात लाख ३५ हजारले सदस्यता लिएका छन्, गैरभौगोलिकबाट आउने संख्या एकीन गर्न बाँकी छ’, उनले भने । खकुरेलका अनुसार सदस्यता लिने म्याद शनिबारसम्म बाँकी रहेकाले संख्या थपिने अनुमान केन्द्रिय कार्यालयले लिएको छ ।
गत ६, ११, १२ र १३ असोजमा बसेको स्थायी कमिटीका निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुद्धृढीकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य राखेको उल्लेख गरेको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस