प्रधानन्यायाधीशले गरे आफूबाहेकका १० इजलास गठन, २२२ मुद्दाको पेसी

सफल खबर संवाददाता

शुक्रबार, ०३ मंसिर २०७८, ११ : ४०
प्रधानन्यायाधीशले गरे आफूबाहेकका १० इजलास गठन, २२२ मुद्दाको पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि १० इजलास गठन गरेका छन् ।

आन्दोलित न्यायाधीशलाईसमेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले २२२ मुद्दाको पेसी चढाएका छन् । तर, आफूलाई जबराले इजलास गठन गरेका छैनन् । 

गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू शुक्रबार इजलास फर्किने भएका हुन् । यता न्यायाधीश इजलास फर्किए पनि नेपाल बार एसोसिएसन भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमै छ । 

प्रतिक्रिया दिनुहोस