काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको मिति फेरि सारेको छ। पार्टीका अध्यक्षत्रय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच भएको बैठकले महाधिवेशन सारेको हो ।
राप्रपा केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले विज्ञप्ति जारी गर्दै बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेका हुन् । राप्रपाले मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि मंसिर १५, १६ र १७ गते महाधिवेशन हुने भएको छ ।
यस्तै राप्रपाले विहीबार नै महाधिवेशन प्रतिनिधि चयनको मिति पनि हेरफेर गरेको छ । मंसिर ३ देखि ५ भित्र महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका थियो । त्यसलाई हेरफेर गरी मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने राप्रपाको तयारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले भन्यो : ‘जेन जेड विद्रोहको बलिदानलाई निष्कर्षमा नपुर्याई सम्झौता गरिनु गम्भीर चूक’
जीएसआई प्रस्तावबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
जुम्लाको स्याउ काठमाडौँ ल्याउँदा प्रहरीले घुस माग्यो : ज्ञानबहादुर शाही
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
थप ८ नेताहरूलाई अनुशासनको कारबाही गर्दै राप्रपा