काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशनको मिति फेरि सारेको छ। पार्टीका अध्यक्षत्रय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच भएको बैठकले महाधिवेशन सारेको हो ।
राप्रपा केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले विज्ञप्ति जारी गर्दै बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेका हुन् । राप्रपाले मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि मंसिर १५, १६ र १७ गते महाधिवेशन हुने भएको छ ।
यस्तै राप्रपाले विहीबार नै महाधिवेशन प्रतिनिधि चयनको मिति पनि हेरफेर गरेको छ । मंसिर ३ देखि ५ भित्र महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका थियो । त्यसलाई हेरफेर गरी मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने राप्रपाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ मंसिर २०७८, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा केन्द्रीय सदस्य रञ्जन कार्की पदमुक्त
उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामाको उम्मेदवारी दर्ता
उपसभामुखको उम्मेदवारबारे छलफलमा राप्रपा
राप्रपाका केन्द्रीय सदस्य ऋषिबाबु परियारद्वारा पार्टी परित्याग
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी