रोल्पा । यहाँ बस दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले बताए ।
दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय कुमार पुन, वडा नं १ बस्ने २९ वर्षीय दीपक रोका रहेको प्रहरीले बताएको छ । एक महिलाको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
बस सहिदमार्गबाट २०० मिटर तल खोलामा खसेको छ । गत हप्ता माडी गाउँपालिका घर्तीगाउँको बजार नजिकै जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ०३ मंसिर २०७८, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कञ्चनपुरमा बस दुर्घटना, एकजनाको मृत्यु
धनकुटामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते
बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना
सङ्खुवासभामा बस दुर्घटना, १४ जना घाइते