चितवन । सरकारको बागडोर सम्हालिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका क्रममा उम्मेदवारी प्रक्रिया थप व्यवस्थित बनाउन केन्द्रीय निर्वाचन आयोगले प्रस्तावक र समर्थकसम्बन्धी पाँच बुँदे मापदण्ड सार्वजनिक गरेको छ।
निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार कुनै पनि उम्मेदवारको प्रस्तावक वा समर्थक बनेका व्यक्ति स्वयं उम्मेदवार बन्न पाउने छैनन्। उम्मेदवारी दर्ता प्रक्रियामा दोहोरो भूमिका रोक्न यस्तो व्यवस्था गरिएको आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार सभापति पदका उम्मेदवारले एक जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ। अन्य केन्द्रीय सदस्यका उम्मेदवारका हकमा भने एक जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।
प्रस्तावक तथा समर्थकको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य रूपमा उम्मेदवारी फारममा उल्लेख हुनुपर्नेछ। उनीहरू सबै महाधिवेशन प्रतिनिधि हुनुपर्ने आयोगले स्पष्ट पारेको छ।
त्यस्तै, एक व्यक्तिले एकभन्दा बढी उम्मेदवारको प्रस्तावक बन्न नपाउने व्यवस्था गरिएको छ। यद्यपि समर्थकका रूपमा भने एकभन्दा बढी उम्मेदवारलाई समर्थन गर्न रोक लगाइएको छैन।
निर्वाचन आयोगले तोकेका मापदण्ड विपरीत दर्ता भएका उम्मेदवारी फारम स्वतः अमान्य हुने चेतावनीसमेत दिएको छ।
उम्मेदवारी शुल्कतर्फ सभापति पदका लागि ५१ हजार रुपैयाँ, पदाधिकारीका लागि ४१ हजार रुपैयाँ र केन्द्रीय सदस्यका लागि २१ हजार रुपैयाँ निर्धारण गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ असार २०८३, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन : नेतृत्व नचुनिदैं मनोनितको लफडा
रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण
रास्वपाको बन्दसत्र आजलाई स्थगित
पार्टीमा कुनै समूह छैन: मनिष झा
रास्वपा महाधिवेशन : तीन पदमा सर्वसम्मत गर्ने, बालेनका दुई हस्तीलाई मनोनित पद दिने
रास्वपा महाधिवेशन : आज बन्दसत्र सुरु हुँदै, सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने