काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्।
भेटको क्रममा उनीहरूबीच दुई देशबीचको पारस्पारिक सम्बन्ध, कोभिडले पारेको असर र भ्याक्सिनका सहयोग लगायतका विषयमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिएका छन्। भेटघाट सौहार्दपूर्ण समेत भएको उनले जनाए।
यस्तै, प्रधानमन्त्री देउवाले हालै सम्पन्न कोप २६ मा घोषणा गरेको कार्यक्रमको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका थिए। त्यसपछि लुले अमेरिकाले आर्थिक र प्राविधिक रूपमा सहयोग गर्ने विश्वास दिलाएको उनले बताए। लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं आइपुगेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ मंसिर २०७८, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की