काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनले देउवालाई भेटेका हुन्।
भेटको क्रममा उनीहरूबीच दुई देशबीचको पारस्पारिक सम्बन्ध, कोभिडले पारेको असर र भ्याक्सिनका सहयोग लगायतका विषयमा कुराकानी भएको परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिएका छन्। भेटघाट सौहार्दपूर्ण समेत भएको उनले जनाए।
यस्तै, प्रधानमन्त्री देउवाले हालै सम्पन्न कोप २६ मा घोषणा गरेको कार्यक्रमको कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका थिए। त्यसपछि लुले अमेरिकाले आर्थिक र प्राविधिक रूपमा सहयोग गर्ने विश्वास दिलाएको उनले बताए। लु तीनदिने भ्रमणका क्रममा बुधबार साँझ काठमाडौं आइपुगेका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ मंसिर २०७८, १८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति
'प्रधानमन्त्रीलाई माफी मगाउने कि बोली सच्याउने' : विपक्षी दलभित्रै मतभेद
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
जनमत पार्टीद्वारा प्रधानमन्त्रीसमक्ष ११ बुँदे मागपत्र पेश, संघीय संरचना र समावेशितामा जोड