कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा आज साँझ बसले हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा हायसमा सवार काठमाडौँ बस्ने ३८ वर्षीय ग्रीसमान सिंह र विराटनगर बस्ने ४१ वर्षीय चूडाबहादुर बस्नेत रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । सिंहको घटनास्थलमा नै मृत्यु भएको छ भने बस्नेतको विराटनगरस्थित गोल्डेन अस्पतालमा लगिँदै गर्दा अस्पतालनजिक ज्यान गएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा गम्भीर दुई जनासहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र बाँकीको कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको बा ४ ख ५०७९ नम्बरको हायसलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ४६९२ नम्बरको बसले ठक्कर दिएको थियो । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ मंसिर २०७८, १७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा गाडी दुर्घटना : ४ नेपालीको मृत्यु, २ जना घाइते
पोर्चुगलमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, १८ घाइते
सवारी दुर्घटनामा एक युवकको मृत्यु, दुई घाइते
गोरखा बस दुर्घटना अपडेट : २१ जना घाइते
डडेल्धुरामा जिप दुर्घटना, ४ जनाको मृत्यु
विराटनगरमा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु