काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश जारी गरेका छन्।
सरकारले सिफारिस गरेका आठ वटा अध्यादेशमध्ये यो तेस्रो अध्यादेशका रूपमा प्रमाणीकरणपछि जारी भएको हो।
राष्ट्रपति कार्यालयका अनुसार ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’ लागू गरिएको छ।
राष्ट्रपतिका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरिएको उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ बैशाख २०८३, १९ : ४९
लेखकबाट थप