काठमाडौं । शेयर बजार परिसूचक नेप्सेमा करेक्सन देखिएको छ । यो साता शुरुआतबाटै बढेको बजार कारोबार हुने अन्तिम दिन बिहीबार भने ३२.३९ अंकले घटेको छ । परिसूचक २७६९.१३ विन्दुमा रोकियो । बिहीबार कारोबार रकम सवा ६ अर्ब पुगेको छ । घटेको बजारमा कारोबार समेत बुधबारको तुलनामा कम भएको छ ।
बिहीबार कुल २२४ वटा कम्पनीको ७० हजार ३७ वटा कारोबार भयो । यी कारोबारबाट ९८ लाख ६२ हजार ९ सय ४० कित्ता शेयर किनबेच भएको छ । बिहीबारको कारोबार रकम भने ६ अर्ब २७ करोड १८ लाख ६७ हजार २ सय ३० रहेको छ ।
बिहीबार नेप्सेका सबै उपसमूह राताम्य रहे । सबै भन्दा बढी गुमाउने उपसमूह जलविद्युत र व्यापार रह्यो ।बिहीबार सबैभन्दा बढी कमाउने मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता रहे । यो कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लाग्यो । तेह्रथुम पावर कमपनीको कारोबार समेत सर्किट लेबलमा भयो । धेरै गुमाउने लगानीकर्ता भने मैलुङ खोला जलविद्युत कम्पनीका रह्यो ।
बिहीबार नेपाल टेलिकमको सबैभन्दा बढी ६० करोड रुपैयाँ बराबरको कारोबार भयो । महालक्ष्मी विकास बैंक र माथिल्लो तामाकोशी समेत बढी कारोबार हुने कम्पनीको सूचीमा शीर्ष स्थानमा रहे ।साताभर निरन्तर बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बिहीबार बजारमा करेक्सन आएको देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ मंसिर २०७८, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार