रोनाल्डोलाई पछि पार्दै मेसीले जिते गोल ५० अवार्ड

सफल खबर संवाददाता

विहीबार, ०२ मंसिर २०७८, १० : ०९
रोनाल्डोलाई पछि पार्दै मेसीले जिते गोल ५० अवार्ड

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले गोल ५० को अवार्ड जितेका छन् । उनले पोर्तुगलका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै अवार्ड हात पारेको हो ।

भोटिङका आधारमा रोनाल्डोलाई थोरै मत अन्तरले पछि पार्दै मेसीले अवार्ड हात पारेका हुन् । यो सँगै मेस्सीले रोनाल्डोको कीर्तिमानलाई बराबरी गरेका छन् । रोनाल्डो र मेस्सीले समान ५–५ पटक यो अवार्ड जितेका छन् ।

जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले तेस्रो तथा इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाहले चौथो स्थान हासिल गरे । फ्रान्स तथा पीएसजीका केलियन एमबाप्पे पाँचौ स्थानमा रहे । महिलातर्फ बार्सिलोनाकी कप्तान एलेक्सिया पुटेलासले यो अवार्ड हात पारिन् । इरेनी पारेडेस दोस्रो तथा एसिसाट ओसोएला तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस