काठमाडौं । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई रक्षा गर्दै सामाजिक न्याय र समृद्धिको अभियन्ताका रुपमा एमाले अगाडि बढेको बताएका छन् ।
सो पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजना गरेको अखिल शुभकामना साँझमा सम्बोधन गर्दै उनले भने, “हामी समृद्धिको यात्रामा निरन्तर अगाडि बढिरहेका छौँ । हामी समाजका सबै क्षेत्रलाई अगाडि बढाउने अगुवाका रुपमा हामी अघि बढ्न चाहान्छौँ ।
त्यसका क्रममा विद्यार्थी सङ्गठनले चलाएको सांस्कृतिक र अतिरिक्त क्रियाकलापले पनि योगदान दिन सक्नेछ ।” अध्यक्ष ओली बाँकेको नेपालगञ्जको पार्टी प्रवेशमा सम्बोधन गरेर आजै काठमाडौँ फर्कका थिए । कार्यक्रममा लोकप्रिय कलाकार पृतम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहको थियो ।
यसैबीच, एमालेको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि आज बागमती प्रदेशस्तरको जनपरिचालन कार्यक्रममा सो पार्टीका महासचिव र्ईश्वर पोखरेलले महाधिवेशनमा कुनै प्यानलगत उम्मेदवारी नभई सकेसम्म सहमतिका आधारमा चयन हुने बताए । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०१ मंसिर २०७८, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
एउटै मञ्चमा देखिएलान् बालेन–ओली ?
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
लोकतान्त्रिक व्यवस्था र लोकप्रिय नाराबिचको भिन्नता समाजले बिस्तारै थाहा पाउनेछ : ओली
मदन भण्डारी मेरा नेता, साथी र सहयोद्धा हुनुहुन्थ्यो : केपी शर्मा ओली
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी