काठमाडौं । नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई रक्षा गर्दै सामाजिक न्याय र समृद्धिको अभियन्ताका रुपमा एमाले अगाडि बढेको बताएका छन् ।
सो पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज विभिन्न चाडपर्व र पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजना गरेको अखिल शुभकामना साँझमा सम्बोधन गर्दै उनले भने, “हामी समृद्धिको यात्रामा निरन्तर अगाडि बढिरहेका छौँ । हामी समाजका सबै क्षेत्रलाई अगाडि बढाउने अगुवाका रुपमा हामी अघि बढ्न चाहान्छौँ ।
त्यसका क्रममा विद्यार्थी सङ्गठनले चलाएको सांस्कृतिक र अतिरिक्त क्रियाकलापले पनि योगदान दिन सक्नेछ ।” अध्यक्ष ओली बाँकेको नेपालगञ्जको पार्टी प्रवेशमा सम्बोधन गरेर आजै काठमाडौँ फर्कका थिए । कार्यक्रममा लोकप्रिय कलाकार पृतम आचार्य, जीवन शर्मालगायतको प्रस्तुति रहको थियो ।
यसैबीच, एमालेको आशन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारीका लागि आज बागमती प्रदेशस्तरको जनपरिचालन कार्यक्रममा सो पार्टीका महासचिव र्ईश्वर पोखरेलले महाधिवेशनमा कुनै प्यानलगत उम्मेदवारी नभई सकेसम्म सहमतिका आधारमा चयन हुने बताए । एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०१ मंसिर २०७८, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली