काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरालाई हटाउन अधिवक्ताहरुलाई राजनैतिक दलको पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्ने बताएका छन् ।
बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले अधिवक्ताहरुलाई प्रधानन्यायधीश हटाउने एकमात्र वैधानिक बाटो महाभियोग भएको र महाभियोग दलले लगाउने भएकोले जबराविरुद्ध अदालत अगाडि नभएर पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्ने सुझाव दिएका हुन् । आन्दोलित अधिकांश वकिलहरु दलसँग आबद्ध रहेको र नेपाल बार एसोसिएसनको चुनाव दलगत आधारमा हुने पनि उनले स्मरण गराएका छन् ।
‘प्रधानन्यायधीश विरुद्ध आन्दोलन गरिरहेका अधिवक्ताहरुलाई थाहा छ प्रन्या हटाउने एकमात्र वैधानिक बाटो महाभियोग हो।महाभियोग लगाउने दलले हो।अधिकांश वकिलहरु दलसँग आबद्ध छन्।बारको चुनाव दलगत आधारमा हुन्छ।’उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘त्यसैले प्रन्या हटाउने होभने अदालत अगाडि होइन पार्टी कार्यालयमा प्रदर्शन गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ मंसिर २०७८, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ