जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले न्यायलयको समस्या एक–दुई दिनभित्रै अन्त्य विश्वास व्यक्त गरेका छन् ।
महोत्तरीको रामगोपालपुरमा आधारभूत स्वास्थ्य केन्द्रहरुको उद्घाटन गर्न जाने क्रममा जनकपुरधाम पुगेका प्रचण्डले यस्तो विश्वास व्यक्त गरेका हुन् । उनले न्यायालयको समस्या छिटोभन्दा छिटो अन्त्य गर्न गठबन्धनमा पनि छलफल भएको र सबैले आ–आफ्नो ठाउँबाट पहल गरिरहेको बताए ।
‘हामी पहल गरिरहेका छौं’, उनले भने, आशा गरौं, विवाद न्यायालयभित्रै सुल्झिन्छ ।’ न्यायालयभित्रै विवाद नमिले मात्र राजनीतिक हल गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ मंसिर २०७८, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’