विश्वकप एसिया छनौँट : चीनले अष्ट्रेलियासँग बराबरी खेल्यो

सफल खबर संवाददाता

बुधबार, ०१ मंसिर २०७८, १० : ३८
विश्वकप एसिया छनौँट : चीनले अष्ट्रेलियासँग बराबरी खेल्यो

एजेन्सी । आगामी २०२२ मा कतारमा हुने विश्वकप फुटबलका लागि एशियाली छनौट खेलमा चीनले अष्ट्रेलियासँग बराबरी खेलेको छ ।गएराति भएको खेलमा चीनले अष्ट्रेलियासँग १\१ गोलको बराबरी खेलेको हो ।

खेलको सुरुवाती चरणमा अष्ट्रेलियाका लागि मिचेल डुकले गोल गरेका थिए । तर खेलको ७० औं मिनेटमा चीनले पेनाल्टी मार्फत गोल फर्काएपछि बराबरी भएकाे थियो । चीनका लागि वु लीलेगोल गरेका थिए ।

त्यसयता दुवै टोलीले कुनै पनि गोल गर्न सकेका थिएनन् ।  यो सँगै दुवै टीमले १\१ अंक बाँडेका छन् ।यो खेलसँगै अस्ट्रेलियाले ६ खेलबाट ११ अंक बनाउँदै समूह बीको तेस्रो स्थानमा रहेको छ । ६ खेल नै खेलेको चीनले ५ अंक जोडेर पाँचाै स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस