गोलाप्रथा लागू भए मुद्दा हेर्न न्यायाधीश सहमत

पत्रपत्रिकाबाट

बुधबार, ०१ मंसिर २०७८, ०६ : ५०
गोलाप्रथा लागू भए मुद्दा हेर्न न्यायाधीश सहमत

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा मागेर तीन सातादेखि इजलास नहेरेका चारजना न्यायाधीशले मंगलबार भने मुद्दा छिनेका छन्।

बाँकी १३ जना न्यायाधीश पनि फुलकोर्ट बैठक बसेर राफल(गोलाप्रथा) प्रणालीबाट पेसी तोकिए मुद्दा हेर्न सहमत देखिएका छन्।

सर्वोच्चका न्यायाधीशहरू तेजबहादुर केसी,बमकुमार श्रेष्ठ, कुमार रेग्मी र मनोजकुमार शर्माले मंगलबार बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको पनि सुनुवाइ गरेका छन्। यसअघि विगत २३ दिनदेखि १९ जना न्यायाधीशले बन्दीबाहेकका मुद्दा हेरेका थिएनन्।

अहिलेसम्म प्रधानन्यायाधीशले दैनिक मुद्दाको पेसी तोक्दै आएका छन्।मुद्दामा पेसी तोक्दा आफू अनुकूलको न्यायाधीशको इजलासमा पार्ने भएका कारण भ्रष्टाचार र बिचौलिया बढेको अध्ययन प्रतिवेदनहरूले देखाइसकेका छन्।

न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको अध्ययन प्रतिवेदनले पनि मुद्दाको पेसी अटोमेसन प्रणाली (गोलाप्रथा)बाट तोक्न सुझाएको छ। नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस