इजलास फर्कने सङ्केत

सफल खबर संवाददाता

मंगलबार, ३० कार्तिक २०७८, ०८ : २१
इजलास फर्कने सङ्केत

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध मोर्चाबन्दीमा रहेका सर्वोच्चका केही न्यायाधीशले आफ्ना सर्त पूरा भए नियमित सुनुवाइमा फर्कने सङ्केत गरेका छन् ।

कात्तिक ८ यता सर्वोच्चमा मुद्दाको सुनुवाइ प्रभावित छ । यसबीचमा  बन्दीप्रत्यक्षीकरणका  केहीबाहेक  मुद्दा  सुनुवाइ  हुन  सकेको  छैन  ।  पेसी  व्यवस्थापन  गोलाप्रथाबाट  गरिए  इजलास  फर्कने  सङ्केत  ती  न्यायाधीशहरूले  गरेको खबर गोरखापत्रमा छापिएको छ ।  पाँच  न्यायाधीश  गोलाप्रथाबाट  पेसी  तोकिए  इजलास फर्कने तयारीमा पुगेका हुन् ।

असन्तुष्ट  न्यायाधीशबीच  गोलाप्रथाबाट पेसी तोकिए इजलास फर्कने वा नफर्कने विषयमा एकमत नभएपछि पाँच जना  भने  माग  पूरा  भए  इजलास  फर्कने  तयारीमा  रहेका हुन् ।  न्यायाधीशहरू  तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडाल उक्त  तयारीमा  रहेको न्यायाधीश स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस