काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताएका छन् ।
देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्र्दभमा आज भिडियो सन्देश जारी गर्दै उहाँले महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाइ प्रदान गर्ने बताए । उनले करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै र कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएको समेत बताए ।
एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदै छ । महाधिवेशनका लागि शनिबार एक हजार ९९९ जना प्रतिनिधि चयन हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, २६ कार्तिक २०७८, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली