काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । कार्यपालिकासँग राजनीतिमा भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ ।
शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी बार धर्नामा बसेको छ । सोही समयमा कानुन शासन विरुद्ध हुने गरी बार आन्दोलनमा उत्रिएको भन्दै जबराको पक्षमा पनि केही कानुन व्यवसायी र केही व्यक्ति प्रदर्शनमा उत्रिएको छ ।
शुक्रबार जबराको पक्षमा प्रदर्शनमा उत्रिएका छ जनालाई सर्वोच्च अदालत अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको छ । तारा बराल समूहका छ जनालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा राखिएको एसपी रमेश कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा पाँच जना महिला र एक पुरुष छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ कार्तिक २०७८, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४ सय ७५ किलो गाँजासहित २ जना पक्राउ
विभिन्न कारागारबाट भागेका ७ जना कैदी झापाबाट पक्राउ
स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ
७३० राउण्ड गोली सहित ८ जना पक्राउ
नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ