काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष र विपक्षमा प्रदर्शन भइरहेका छन् । कार्यपालिकासँग राजनीतिमा भागबण्डा खोजेकोलगायतका आरोप लगाएर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन जारी राखेको छ ।
शुक्रबार प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमा रोक लगाउने गरी बार धर्नामा बसेको छ । सोही समयमा कानुन शासन विरुद्ध हुने गरी बार आन्दोलनमा उत्रिएको भन्दै जबराको पक्षमा पनि केही कानुन व्यवसायी र केही व्यक्ति प्रदर्शनमा उत्रिएको छ ।
शुक्रबार जबराको पक्षमा प्रदर्शनमा उत्रिएका छ जनालाई सर्वोच्च अदालत अगाडिबाट प्रहरीले नियन्त्रणमा लिएको छ । तारा बराल समूहका छ जनालाई नियन्त्रणमा लिएर महेन्द्र पुलिस क्लबमा राखिएको एसपी रमेश कुमार बस्नेतले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा पाँच जना महिला र एक पुरुष छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ कार्तिक २०७८, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ