स्वीट्जरल्याण्डद्वारा १ लाख ४४ हजार डोज खोप सहयोग

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, १५ : ४३
स्वीट्जरल्याण्डद्वारा १ लाख ४४ हजार डोज खोप सहयोग

काठमाडौं । स्वीट्जरल्याण्डले नेपाललाई १ लाख ४४ हजार डोज एस्ट्रेजेनेका खोप सहयोग गरेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेललाई कोभ्यास सुविधाअन्तर्गतको खोप हस्तान्तरण गरिएको हो । 

कार्यक्रममा बोल्दै स्विस राजदूत एलिजावेथ भोन केप्लरले नेपाल र स्वीट्जरल्याण्डबीचको ६२ वर्षे मित्रता र एकताको भावनालाई यस खोपले प्रतिनिधित्व गरेको बताइन् । ‘यस्तो समयमा हामीले हामी एकजुट छौं र संकटबाट निस्कनका लागि एकअर्कालाई सहयोग गर्नसक्छौं भन्ने बुझ्यौं । यो खोपले नेपालीको जीवन जोगाउने मात्रै नभएर नेपालको आर्थिक–सामाजिक जीवनमा सुधार ल्याउन पनि भूमिका खेल्छ,’ उनले भनिन्,‘विश्व स्वास्थ संगठन (डब्ल्युएचओ), गाभी, सिईपीआई, युनिसेफ र नेपाल सरकारको सहकार्यमा यो उपलब्धि हासिल भएको छ ।’

कोरोना महामारी सुरु भएयता स्वीट्जरल्याण्डले नेपाललाई पिसिआर परीक्षण किट, मेन्टिलेटर्स, अक्सिजन कन्सन्ट्रेटर्सलगायत अत्यावश्यक सामाग्रीहरु सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस