प्रधानन्यायाधीश जबराल तोके १७७ मुद्दाको पेसी, ९ इजलास गठन

सफल खबर संवाददाता

विहीबार, २५ कार्तिक २०७८, ११ : ४३
प्रधानन्यायाधीश जबराल तोके १७७ मुद्दाको पेसी, ९ इजलास गठन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार १७७ मुद्दाको पेसी तोकेका छन् । प्रधानन्यायाधीशले तोकेको पेसीमा अधिकांश बन्दीप्रत्यक्षीकरणबाहेकका मुद्दा रहेका छन् । 

न्यायाधीशहरुले प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै इजलास बहिस्कार गर्दै आएका छन् पछिल्लो समय दुई पक्षीय छलफलमा बन्दीप्रत्यक्षीकरणको मुद्दा भने हेर्न न्यायाधीशहरु सहमत भएका छन् । तर, आज इजलास गठन गर्नेबेला प्रधानन्यायाधीशले अघिकांश मुद्दा बन्दीप्रत्यक्षीकरण भन्दाबाहेकको रहनेगरी पेशी तोकेका हुन् । 

प्रधानन्यायाधीशले न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र तेजबहादुर केसी, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालाल माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, विश्वम्भर प्रसाद श्रेष्ठको एकल इजलास, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, प्रकाश कुमार ढुंगाना र कुमार चुडाल, नहकुल सुवेदीको एकल इजलास र आफ्नै पूर्ण गरी ९ इजलास गठन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस