काठमाडौँ । ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा शुक्रबार ताराखोला गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गत १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बिदाको निर्णय गरेको हो । वडा नंं २ अर्गलमा प्रचलित सो पर्व वर्षेनी कात्तिक २४ देखि २६ गतेसम्म मनाइन्छ ।
पर्वको मुख्य दिन शुक्रबार गाउँ कार्यपालिका, वडा कार्यालय, विद्यालयलगायत सार्वजनिक सङ्घसंस्थामा बिदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए । गाउँपालिकाले विसं २०७६ देखि भुस पोल्ने पर्वमा बिदा दिन थालेको उनको भनाइ छ ।
ताराखोलाको रुैथाने मगर समुदायले उक्त पर्वलाई उल्लासका साथ मनाउने गर्छ । सदियौँअघि पाल्पाको अर्गलीबाट बसाइँसराइ गरी आएका मगरका पूर्वजले पर्वको चलन बसालेका हुन् । अर्गलमा खोरिया खनी थातथलो बसाएको र खेती सुरु गरेको दिनको सम्झनामा भुस पोल्ने पर्व मनाउने गरिन्छ ।
पर्वका अवसरमा प्रकृति पूजाका साथै भुस पोल्ने, छापे खन्ने, मृत्यु संस्कारलगायत सांस्कृतिक गतिविधि हुन्छन् । ताराखोला क्षेत्रमा त्योसँगै परम्परागत सिस्नो खोस्ने, असारे, भदोरै जस्ता मेला, पर्व प्रचलित छन् । त्यहाँको मगर समुदायले सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परालाई धान्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २४ कार्तिक २०७८, २० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा