डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्षसहित दुई दर्जन युवा माओवादी केन्द्रमा प्रवेश

सफल खबर संवाददाता

बुधबार, २४ कार्तिक २०७८, १९ : १०
डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्षसहित दुई दर्जन युवा माओवादी केन्द्रमा प्रवेश

रुकुम पश्चिम । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष नै नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङसहित दुई दर्जन युवा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष गुरुङसहित दुई दर्जन युवालाई पार्टी प्रवेश गराएका थिए । 

गाउँपालिकाका अध्यक्ष गुरुङसहित १ नम्बर वडाध्यक्ष क्याल्पो भोटे थापा, २ नम्बर वडाध्यक्ष छोइक्याप भोटे, ३ नम्बर वडाध्यक्ष पाल्जाङ लामा र ६ नम्बर वडाका कार्यवाहक अध्यक्ष पेम्मा आङछुक गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

यी जनप्रतिनिधि साथमा अरु युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेको माओवादी केन्द्रले जनाएको छ । नेपाली सेनाको एमआई १७ हेलिकोप्टर मार्फत दाहालका साथमा अर्थमन्त्री जनार्दन शर्मा, पूर्व मन्त्री शक्तिबहादुर बस्नेत, सत्या पहाडीलगायतका नेताहरु उपल्लो डोल्पा पुगेका थिए ।
 

प्रतिक्रिया दिनुहोस