जनगणनाको मुलगणना भोलिदेखि देशभर सुरु

सफल खबर संवाददाता

बुधबार, २४ कार्तिक २०७८, १९ : ०१
जनगणनाको मुलगणना भोलिदेखि देशभर सुरु

काठमाडौँ । १२ औं राष्ट्रिय जनगणनाको मुलगणना बिहीबारदेखि देशभर सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

उनले पहिलो चरणको सूचीकरण कार्यक्रम सम्पन्न भइसकेको र भोलिदेखि पहिलो चरणबाट छुटेका घर परिवारलाई समेत समावेश गरेर जनगणनाको मुलगणना कार्य सुरु गरिने बताए । उनकाअनुसार जनगणनाका लागि ४० हजार हारहारीमा गणक खटिनेछन् भने ८ हजार ५०० सुरपरीक्षेक पनि संलग्न हुनेछन् । 

जनगणनाका लागि सातै प्रदेशका साथै जिल्लास्तरका ८७ स्थानमा जनगणना कार्यालय स्थापना भएका छन् भने स्थानीय स्तरमा पनि ३४९ कार्यालय स्थापना भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार जनगणना भोलि बिहानदेखि सुरु भएर मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस