काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले राजालाई गाली गरेर अब शासन नचल्ने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र राजा ज्ञानेन्द्रकै कारण आएको र प्रजातन्त्रविरुद्ध लाग्नुभन्दा चुनाव लडेर राजनीति गर्न ज्ञानेन्द्रलाई सुझाएका बेला यो अभिव्यक्तिमा थापाले जवाफ दिएका हुन् । थापाले राजाविरुद्ध आक्रोश होइन सुशासन दिन देउवालाई आग्रह गरेका छन् ।
न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचाररसर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ, रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन् । संघीय गणतन्त्र असफल भैसक्यो,उनले भनेका छन् ,राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ कार्तिक २०७८, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ