काठमाडौं । भारत राजस्थानको बाडमेर जिल्लाको जोधपुर नेशनल हाईवेमा बस र ट्रक (ट्रेलर) ठोक्किएका छन् । राजमार्गमा गलत दिशाबाट आइरहेको ट्रेलर बसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ ।
भाडियावास गाउको संस्कार स्कूल नजिकै बिहान १०:३० बजे बस र ट्रेलर एकआपसमा ठोक्किएको भारतीय समाचार माध्यमले जनाएका हुन् । आपसमा ठोक्किएलगत्तै बस र ट्रेलनमा आगो लागेको थियो । आगोमा जलेर १२ जनाको मृत्यु भएको समाचार माध्यमले जनाएका छन् ।
जिउँदै जलेर ज्यान गुमाउनेमा एक बालिका समेत रहेको प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएका ४० जनाको उपचार भइरहेको छ । यसमध्ये १३ जना गम्भीर घाइते भएको र उनीहरूलाई थप उपचारका लागि जोधपुर पठाइएको छ ।
समाचारअनुसार बस र ट्रेलर ठोक्किएपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । घटनामा परेका एक यात्रीका अनुसार बालोतराबाट जोधपुर जाँदै गरेको बसमा ३५:४० जना यात्रु सवार थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ कार्तिक २०७८, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धादिङको बैरेनीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ जना घाइते
धनुषामा बस दुर्घटना, चालकसहित १७ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु
जन्ती बोकेको बलेरो दुर्घटना, पाँच जना घाइते
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु