काठमाडौं । भारत राजस्थानको बाडमेर जिल्लाको जोधपुर नेशनल हाईवेमा बस र ट्रक (ट्रेलर) ठोक्किएका छन् । राजमार्गमा गलत दिशाबाट आइरहेको ट्रेलर बसमा ठोक्किँदा १२ जनाको मृत्यु भएको छ ।
भाडियावास गाउको संस्कार स्कूल नजिकै बिहान १०:३० बजे बस र ट्रेलर एकआपसमा ठोक्किएको भारतीय समाचार माध्यमले जनाएका हुन् । आपसमा ठोक्किएलगत्तै बस र ट्रेलनमा आगो लागेको थियो । आगोमा जलेर १२ जनाको मृत्यु भएको समाचार माध्यमले जनाएका छन् ।
जिउँदै जलेर ज्यान गुमाउनेमा एक बालिका समेत रहेको प्रहरीको भनाइ छ । दुर्घटनामा परी घाइते भएका ४० जनाको उपचार भइरहेको छ । यसमध्ये १३ जना गम्भीर घाइते भएको र उनीहरूलाई थप उपचारका लागि जोधपुर पठाइएको छ ।
समाचारअनुसार बस र ट्रेलर ठोक्किएपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । घटनामा परेका एक यात्रीका अनुसार बालोतराबाट जोधपुर जाँदै गरेको बसमा ३५:४० जना यात्रु सवार थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २४ कार्तिक २०७८, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर
थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो
पाल्पामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत