आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

सोमबार, ०४ जेठ २०८३, ०६ : ३१
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार यसै प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै कर्णाली प्रदेशको हिमाली भू-भाग र मधेश प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना छ भने बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। 

आगामी समयमा कोशी प्रदेशका थोरै स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस