अमेरिकाले पहिलो पटक आयरल्याण्डसँग खेल्ने

सफल खबर संवाददाता

बुधबार, २४ कार्तिक २०७८, १३ : ४७
अमेरिकाले पहिलो पटक आयरल्याण्डसँग खेल्ने

काठमाडौं । अमेरिकाले अर्को महिना आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने भएको छ। यी दुई टोलीबीचको खेल २२ डिसेम्बरबाट सुरु हुनेछ । अमेरिकाले टेष्ट क्रिकेट खेल्ने देशसँग पहिलो पटक सिरिज खेल्न लागेको हो ।

दुई टोलीबीच दुई  खेलको टी-२० र तीन खेलको वानडे सिरिज हुने अमेरिकाको क्रिकेट बोर्डले जनाएको छ। अमेरिकाले मंगलबार खेल तालिका तालिका सार्वजनिक गरेको हो । यो अमेरिकाका लागि आफ्नो टोलीको प्रदर्शन सुधार्ने ठूलो अवसर हुनेछ । अमेरिका र आयरल्याण्डबीचको टी-२० सिरिज २२ डिसेम्बर २०२१ देखि सुरु हुनेछ । 

सिरिजको दोस्रो र अन्तिम खेल २३ डिसेम्बरमा हुनेछ । यसबाहेक एकदिवसीय खेलको सिरिज २६ डिसेम्बरबाट सुरु हुनेछ । दोस्रो खेल २८ डिसेम्बर र तेस्रो खेल ३० डिसेम्बरमा हुनेछ  यी सबै खेल फ्लोरिडामा हुनेछन् । 

प्रतिक्रिया दिनुहोस