पहिलो टी-२० अभ्यास खेलमा नेपाल विजयी

सन्दीपले लिए ५ विकेट

सफल खबर संवाददाता

मंगलबार, १० भदौ २०८२, १० : १८
पहिलो टी-२० अभ्यास खेलमा नेपाल विजयी

काठमाडौ । अस्ट्रेलियामा आज (मंगलबार) भएको पहिलो टी-२० अभ्यास खेलमा नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ। नेपालले एसीटीलाई ४१ रनले हराएको हो।

नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको एसीटी १७ ओभर २ बलमा १ सय ३६ रनमा अलआउट भएको हो। 

नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए भने करण केसीले २ र रुपेश सिंहले १ विकेट लिए।यसअघि अस्ट्रेलियामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो।

नेपालका आसिफ शेखले ६९, कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ रन बनाए।एसीटीका स्मिथले सबैभन्दा धेरै ५० रन बनाए। यस्तै एसीटीका इभान्स, दुबे र रहमान र ब्रुनकरले २/२ विकेट लिए। 

५ खेलको अभ्यास खेलमा नेपाल आजै दोस्रो टी-२० खेल्दै छ।टप इन्ड टी-२० शृंखलापछि नेपालले थप ५ वटा अभ्यास खेल्न सुरु गरेको हो। 

टप इन्ड टी-२० शृंखलामा भने नेपाल समूह चरणबाटै बाहिरिएको थियो।आईसीसी टी-२० विश्वकप छनोटका तयारीस्वरूप नेपालले अस्ट्रेलियामा अभ्यास खेल खेलिरहेको हो।

प्रतिक्रिया दिनुहोस