काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अहिले साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।
टी-२० अभ्यास खेलका दुई खेल आजै हुँदैछन्। पहिलो खेल बिहान ५ : १५ बजे सुरु भएको छ। पहिलो खेलमा टस जितेर साउथ अफ्रिकाले फिल्ड रोजेपछि नेपाल ब्याटिङ गर्दैछ । पहिलो खेल सकिए लगत्तै नेपालले सोही टिमसँग ९ : १५ बजेपछि दोस्रो प्रतिस्पर्धा गर्नेछ।
यसअघि मंगलबार भएका दुई खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरोटरी (एसिटी)सँग प्रतिस्पर्धा गरिसकेको छ। मंगलबारको पहिलो खेलमा नेपालले ४१ रनको जित निकालेको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पार्यो।
पहिलो खेलमा नेपाललाई जित दिलाउन ह्याट्रिकसहित सन्दीप लामिछानेले पाँच विकेट हात पारेका थिए भने दोस्रो खेलमा दीपेन्द्रसिंह ऐरी र साहब आलमले समान चारचार विकेट लिएका थिए।
आज दुई वटा टी-२० सिरिज खेलेपछि नेपालले अस्ट्रेलियामा एउटा ओडिआई प्रतिस्पर्धा गर्नेछ। नेपालले शनिबार साउथ अस्ट्रेलियासँग ओडिआइ प्रतिस्पर्धा गर्नेछ। उक्त खेल शनिबार बिहान ५ : १५ बजे सुरु हुनेछ।
त्यसैगरी, आजै नेपाल ‘ए’ टिमले भारतमा टी-२० सिरिज खेल्दैछ। भारतको गुवाहटीमा आजदेखि आसाम प्रदेशसँग सिरिज खेल्न लागेको हो। क्यानले भारत भ्रमणका लागि अनिलकुमार शाहको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टोली घोषणा गरेको छ। नेपाल ‘ए’ टिमले पहिलो खेलमा आसामसँग आज बिहान ११ बजे प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १२ भदौ २०८२, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिलो टी-२० अभ्यास खेलमा नेपाल विजयी
बंगलादेशविरुद्धको टी-२० सिरिजका लागि भारतीय टिमको घोषणा