सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु -७ इचोकबाट काठमाडौँको लागि छुटेको यात्रुबाहक बस दुर्घटनामा परेको छ । सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
मृत्यु हनेमा हेलम्बु– ३ पाल्चोककी ५५ वर्षीया महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ । घाइते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिए ।
घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ कार्तिक २०७८, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते