काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ।
शुक्रबार दिउँसो करिब साढे तीन बजे अर्थ मन्त्रालयमा भएको उक्त भेट लगभग २० मिनेटसम्म चलेको बताइएको छ।
भेटका क्रममा नेपाल-अमेरिका द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयका साथै विकास सहायता सम्बन्धी विभिन्न पक्षमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ।
दुवै पक्षले आपसी साझेदारी विस्तार तथा सहकार्यका सम्भावित क्षेत्रहरूबारे विचार-विमर्श गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ बैशाख २०८३, १७ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी बजेट सुधारमुखी हुने अर्थमन्त्री डा. वाग्लेको दाबी
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण
बजेटको आकार र खर्चबीचको असन्तुलन सुधार गरिने अर्थमन्त्री डा. वाग्लेको दाबी
आर्थिक वर्ष २०८३-८४ को बजेटसम्बन्धी समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. वाग्लेलाई हस्तान्तरण
अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ: अर्थमन्त्री डा. वाग्ले