दुई साता बालुवाटारमै रोकिए प्रधानमन्त्री

पत्रपत्रिकाबाट

शुक्रबार, १४ बैशाख २०७५, ०७ : ०८
दुई साता बालुवाटारमै रोकिए प्रधानमन्त्री

प्रधानमन्त्री कार्यालयमा ६ वटा नयाँ महाशाखा थपेर कर्मचारी दरबन्दी बढाएपछि दैनिक कार्य सञ्चालनका लागि कार्यकक्ष अभाव भएको छ ।
प्रधानमन्त्री कार्यालयले नजिकैको कुनै मन्त्रालय वा अन्य भवनमा उपयुक्त स्थान खोजिरहेको छ ।
दुई साता बालुवाटारमै रोकिए प्रधानमन्त्री
महाशाखाहरू थपिएसँगै प्रधानमन्त्रीको कार्यकक्ष र क्याबिनेट बैठक हलको मर्मत–सम्भार भएकाले प्रधानमन्त्री केपी ओली दुई साताभन्दा बढी सिंहदरबारस्थित कार्यालय गएनन् ।

भारत भ्रमणअघिसम्म कार्यालय गएका ओली मर्मत–सम्भार सकिएपछि बिहीबार अपराह्न ३ बजेपछि कार्यालय पुगेका हुन् ।, यो खबर आजकोनयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस