काठमाडौं । तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १९ दशमलव २० अंकले घटेर दुई हजार आठ सय २९ दशमलब ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
यस्तै, नेप्सेमा चार अर्ब ४२ करोड सात लाख बराबरको कारोबार भएको छ । कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह घटेका छन् । यस्तै, आज सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकले ५२ करोडभन्दा बढीको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज फाइनान्स, म्युचल फण्ड र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राता देखिएका छन् । कारोबारमा आएका कम्पनीमध्ये पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । सेयर मूल्य उच्च वृद्धि हुनेमा साहस उर्जा कम्पनी, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तिय संस्था र महालक्ष्मी विकास बैंक रहेका छन् । यि सबै कम्पनीको सेयर मूल्य नौ देखि १० प्रतिशतसम्मको हाराहारीमा बढेको छ ।
आज सबैभन्दा कम नोक्सान व्यहोर्नेमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् । फाइनान्सको सेयर मूल्य झण्डै आठ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लगातार चौथो दिन घट्यो सेयर बजार
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्ब २० करोड
दोहोरो अंकले घट्यो नेप्से परिसूचक
सामान्य बढ्यो सेयर बजार, कारोबार ९ अर्ब नजिक
१० अंकले घट्यो सेयर बजार