काठमाडौं । सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको बताएको छ ।
तिहार अगाडी अन्तिम पटक कारोबार भएको कात्तिक १८ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा ९० हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तिहारपछि पहिलोपटक बजार खुलेको आज कात्तिक २२ गते छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ छ । यस्तै, आज तेजाबी सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।यसैगरी, आज चाँदीको भाउ २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ५० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो