काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस महाधिवेशन समयमै हुने बताएका छन । नेपाली काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभापति देउवाले अधिवेशन समयमै हुनेमा शंका नगर्न आग्रह गरे । उनले अरुले जे भने पनि नपत्याउन आग्रह गरे।
‘जसले जे भनेपनि नपत्याउनुस् । अधिवेशन समयमा हुन्छ। अब महाधिवेशन पार्टी सभापतिको हातमा छैन। निर्वाचन समितिको हातमा छ,’ उनले भने ।उनले आफूले मात्रै चाहेर महाधिवेशन नहुने तर महाधिवेशन गर्ने निकायहरु भने प्रतिबद्ध भएकाले समयमै अधिवेशन हुने सुनाए ।
सभापति देउवाले १४ औं महाधिवेशन मंसिर २४–२६ मा कुनै हालतमा सम्पन्न गर्नेगरी निर्वाचन समितिलाई निर्देशन दिएको बताए । प्रतिस्पर्धा गर्दा जित र हार हुने भन्दै दुस्मनी बढाउन नहुने बताउँदै उनले जित्नेले हार्नेको सहयोग लिने र हार्नेले जितेकालाई साथ दिनु बताए । उनले जित र हारकै कारण पार्टीमा दुस्मनी हुन नहुने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ कार्तिक २०७८, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा
‘अहिलेको परिवर्तनमा स्व चन्द्रकान्त बगालेको महत्त्वपूर्ण योगदान छ’: सभापति देउवा
‘निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको छ’: सभापति देउवा
शिक्षकको जायज माग पूरा गरौं : देउवा
चाडपर्वले सामाजिक सद्भाव बढाएका छन् : सभापति देउवा
सभापति देउवा र अध्यक्ष लिङ्देनबिच भेटवार्ता