आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुने

सफल खबर संवाददाता

विहीबार, १८ कार्तिक २०७८, १३ : ११
आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुने

एजेन्सी । आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा अष्ट्रेलियाले बंगलादेशसँग खेल्नेछ । विश्वकपको समूह एक मा रहेको अष्ट्रेलिया ३ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ ।

एक खेल बढी खेलेको दक्षिण अफ्रिका ६ अंकसहित दोस्रो स्थानमा छ भने ८ अंकसहित इंग्ल्याण्ड शिर्ष स्थानमा रहेको छ । ६ टोली सहभागि समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । आजको दोस्रो खेलमा श्रीलंकाले वेष्ट इंडीजको सामना गर्नेछ ।

समूहमा ४ खेल खेलेको श्रीलंका र ३ खेल खेलेको वेष्ट इंडीजको समान २–२ अंक रहेको छ । विश्वकप टी(ट्वान्टी क्रिकेटमा हिजो भारत र न्युजिल्याण्ड विजयी भएका छन् ।गएराति अफगानिस्तानमाथि ६६ रनको जित निकाल्दै भारतले सेमिफाइनल प्रवेशको सम्भावना जीवित राखेको छ । हिजै भएको पहिलो खेलमा स्कटल्याण्डलाई १६ रनले हराउँदै न्युजिल्याण्डले पनि सेमिफाइनल पुग्ने संभावना जिवित राखेको छ ।

प्रतिक्रिया दिनुहोस