सत्र जिल्लाका सिडिओको सरुवा

प्रमुख जिल्ला अधिकारी भट्ट जाने भए भक्तपुरमा फुत्त

सूर्यप्रकाश कँडेल

विहीबार, १३ बैशाख २०७५, १४ : ५७
प्रमुख जिल्ला अधिकारी भट्ट जाने भए भक्तपुरमा फुत्त

चितवन । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट सरुवा भई भक्तपुरमा प्रमुख जिल्ला अधिकारीकै रुपमा जाँदै हुनुहुन्छ । गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेपछि प्रजिअ भट्ट भक्तपुर जाने हुनु भएको हो ।
गृह मन्त्रालयले चितवन, काभ्रे, भक्तपुर, बर्दियासहित १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । गोरखा, गुल्मी, सिन्धुली, झापा, कैलाली, पर्सा, नवलपरासी पश्चिम, धनकुटा, रुपन्देही, रौतहट, स्याङ्जा, नुवाकोट र सुनसरीका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको छ । मन्त्रालयले १७ जना प्रमुख जिल्ला अधिकारीसहित ३१ जनाको सरुवा गरेको छ ।
चितवनमा प्रमुुख जिल्ला अधिकारीको कार्यभार सम्हाल्न गोरखाबाट सरुवा भई त्यहाँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत आउनु हुने भएको छ । कुन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा कहाँ भयो ?

हेर्नुहोस् नामावली :

प्रतिक्रिया दिनुहोस