काठमाडौं उपत्यकामा देउसीभैलो राति ९ बजेसम्म मात्रै

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, १९ : ०७
काठमाडौं उपत्यकामा देउसीभैलो राति ९ बजेसम्म मात्रै

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार तिहारमा देउसीभैलोमा राति नौ बजेसम्म मात्रै खेल्न अनुमति दिइएको हो।

कोरोना भाइरसको संक्रमण हालसम्म पनि कायमै रहेको हुँदा सो निर्णय लिइएको प्रशासनले जनाएको छ । प्रशासनले मंगलबार तीन वटै प्रमुख जिल्ला अधिकारीसँग छलफल गरी यसबारे निर्णय लिएको सहायक प्रजिअ अधिकारीले बताए। तीन वटै प्रशासनले विज्ञप्ति जारी गरेको छ।
 

प्रतिक्रिया दिनुहोस