कारोना अपडेट : ५३३ जनामा संक्रमण, ९ जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, १५ कार्तिक २०७८, १६ : १५
कारोना अपडेट : ५३३ जनामा संक्रमण, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ५३३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६६४ नमुना ७ हजार ४६८ पीसीआर र ४ हजार १९६ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

सोही अवधिमा थप ९ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ । ४९० जना निको भएका छन् । मुलुकको कूल संक्रमित संख्या ९ हजार ३१८ छ । काठमाडौं जिल्लामा १६२, ललितपुरमा ५० र भक्तपुरमा १६ जना संक्रमित थपिएका छन् । काठमाडौं, भक्तपुर र ललितपुरमा सक्रिय संक्रमित संख्या ५०० भन्दामाथि छ ।

कूल संक्रमित संख्या पीसीआर ८ लाख १३ हजार ११ र एन्टीजेन ९४ हजार ६२७ छ । निको हुने संख्या ७ लाख ९२ हजार २७७ तथा मृत्यु हुने संख्या ११ हजार ४१६ छ ।

प्रतिक्रिया दिनुहोस