अचानक बेहोस भएपछि सीपी गजुरेल अस्पताल भर्ना

सफल खबर संवाददाता

सोमबार, १५ कार्तिक २०७८, १३ : १७
अचानक बेहोस भएपछि सीपी गजुरेल अस्पताल भर्ना

काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार गजुरेल आफ्नै घरमा बेहोस भएर लडेपछि अस्पताल ल्याइएको र अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस