काठमाडौँ । ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । आइतबार भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराएको हो । भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्यान्डले १४।३ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । न्युजिल्यान्डको उत्कृष्ट बलिङसामु निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भारत ११० रनमै समेटिएको थियो ।
न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ४९ रन बनाए भने केन विलियम्सनले नटआउट ३३ रन बनाउँदा मार्टिन गुप्टिलले २० रनको योगदान गरे । भारतका लागि जसप्रीत बुमराले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाएका थिए । भारतका ओपनिङ ब्याट्सम्यान केएल राहुल १८ रनमा आउट भएका थिए ।
त्यस्तै अर्का ओपनर इशान किशनले मात्र ४ रन बनाए । रोहित शर्माले १४ रन बनाए भने कप्तान विराट कोहली पनि ९ रनमै आउट भए । आइतबार ऋषभ पन्तको पनि ब्याट चलेन । उनले १९ बल खेलेर मात्र १२ रन बनाए । त्यस्तै २४ बल सामना गरेका हार्दिक पाण्ड्याले २३ रन बनाए । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभरमा २० रन खर्चिँदै ३ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ कार्तिक २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’
आज भारतको ७९औँ स्वतन्त्रता दिवस, मोदीद्वारा महात्मा गान्धीलाई श्रद्धाञ्जली अर्पण
थप २०० मेगावाट बिजुली निर्यातका लागि भारतको सहमति
भारतीय विदेश सचिव काठमाडौं आउँदै, प्रधानमन्त्री ओलीको भ्रमण तालिका लम्ब्याउने तयारी
भारतले भन्यो- ‘रूसबाट हामीले भन्दा धेरै सामान अमेरिका र युरोपले किनिरहेका छन्’
पाँचौँ टेस्टमा भारतको ‘कम ब्याक’