काठमाडौँ । ट्वान्टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत आफ्नो दोस्रो खेलमा पनि पराजित भएको छ । आइतबार भएको खेलमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराएको हो । भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्यान्डले १४।३ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । न्युजिल्यान्डको उत्कृष्ट बलिङसामु निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै भारत ११० रनमै समेटिएको थियो ।
न्युजिल्यान्डका लागि डेरिल मिचेलले सर्वाधिक ४९ रन बनाए भने केन विलियम्सनले नटआउट ३३ रन बनाउँदा मार्टिन गुप्टिलले २० रनको योगदान गरे । भारतका लागि जसप्रीत बुमराले २ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतका लागि रवीन्द्र जडेजाले सर्वाधिक २६ रन बनाएका थिए । भारतका ओपनिङ ब्याट्सम्यान केएल राहुल १८ रनमा आउट भएका थिए ।
त्यस्तै अर्का ओपनर इशान किशनले मात्र ४ रन बनाए । रोहित शर्माले १४ रन बनाए भने कप्तान विराट कोहली पनि ९ रनमै आउट भए । आइतबार ऋषभ पन्तको पनि ब्याट चलेन । उनले १९ बल खेलेर मात्र १२ रन बनाए । त्यस्तै २४ बल सामना गरेका हार्दिक पाण्ड्याले २३ रन बनाए । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभरमा २० रन खर्चिँदै ३ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ कार्तिक २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा