काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्गप्रशस्त गर्नुपर्ने माग राख्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका १९ जना न्यायाधीश जबरासँग वार्तामा बस्ने भएका छन् ।
एकसाता यता इजलास छोडेर आन्तरिक छलफल गरिरहेका न्यायाधीशहरूको आइतवारको छलफलले वार्ता गर्ने भन्दै तीनजना न्यायाधीशलाई जिम्मा दिएको छ । प्रधानन्यायाधीश जबरासँग अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार शर्माले वार्ता गर्ने एक न्यायाधीशले बताए ।
उनीहरूले प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको असन्तुष्टिका बुँदा पहिल्याएर तीनै बुँदाका आधारमा एक पटक वार्ता बस्ने निर्णय गरेका हुन् । ‘हामीले केही हाम्रा सरोकारका साझा विषय तय गरेका छौं, यी विषयमा उहाँ (जबरासँग) भोलिबाटै वार्ता हुन्छ,’ ती न्यायाधीशले भने ।
इजलास छाडेर न्यायाधीश छलफलमा जुटिरहँदा जबराले भने दुईवटा मुद्दामा सुनुवाइ गर्दै एउटामा अन्तरिम आदेशसमेत जारी गरेका छन् । उता नेपाल बार एसोसिएसनले भने प्रधानन्यायाधीशको राजीनामा नआएसम्म उनका इजलास बहिष्कार गर्ने निर्णयसहित आजैबाट प्रर्दशन थालेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ कार्तिक २०७८, १७ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन
प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"
प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान
को हुन् प्रधानन्यायाधीश सिफारिस भएका शर्मा ?
प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै