काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ९१ पैसा र बिक्री दर १२० रुपैयाँ ११ पैसा कायम गरेको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ०९ पैसा र बिक्री दर ९० रुपैयाँ ५४ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ३४ पैसा रहेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३९ रुपैयाँ २५ पैसा र बिक्री दर १३९ रुपैयाँ ९५ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६४ रुपैयाँ ७८ पैसा र बिक्री दर १६५ रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ १४ पैसा र बिक्री दर १३१ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६८ पैसा र बिक्री दर १८ रुपैयाँ ७८ पैसा रहेको छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५१ पैसा र बिक्री दर १० रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८२ पैसा र बिक्री दर ३२रुपैयाँ ९९ पैसा रहेको छ भने साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ८६पैसा र बिक्री दर ३२ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ०१ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ कार्तिक २०७८, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने