काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको हो ।
सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् । बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ ।
वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो । ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ कार्तिक २०७८, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सात वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कुनको कस्तो छ अवस्था ?
पाँच वटा बैंकद्वारा गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित
वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुन बैंकको कति ?
६२.०८ प्रतिशतले बढ्यो वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति
वाणिज्य बैंकहरुले कमाए ४७ अर्ब ७९ करोड नाफा
जेठका लागि बैंकहरूको नयाँ ब्याजदर, कुन बैंकमा कति पाइन्छ ?