अष्ट्रेलियामा कोभिड-१९ का कारण सृजित प्रतिबन्ध सहज बन्दै

एजेन्सी

शुक्रबार, १२ कार्तिक २०७८, १९ : ३९
अष्ट्रेलियामा कोभिड-१९ का कारण सृजित प्रतिबन्ध सहज बन्दै

काठमाडौं । अष्ट्रेलियाको क्यानबेरामा कोरोनाभाइरस नियन्त्रणका निम्ति लगाइएको प्रतिबन्ध क्रमशः सहज बनाइदैछ । अष्ट्रेलियाको राजधानी क्षेत्र (ACT) का बासिन्दाहरूले शुक्रबारदेखि घर बाहिर जादा मास्क लगाउन अनिवार्य हुनेछैन ।

अगस्टको शुरुदेखि पहिलो पटक क्यानबेराका कला र मनोरञ्जन स्थलहरू लगायत सिनेमाघर र नाट्यशालाहरूमा सिट क्षमताको ७५ प्रतिशतसम्म मात्र व्यवस्थापन गरेर पुनः खोलिएका छन् । आतिथ्य स्थलहरूको लागि संरक्षक क्यापहरू भित्र अधिकतम २५ व्यक्तिहरू सम्म बस्न मिल्ने बनाइएको छ । त्यसैगरी घरपरिवारमा १० जना पाहुना आवतजावतलाई अनुमति दिइएको छ ।

त्यसैगरी ३० जनासम्म मानिसहरू घर बाहिर भेला हुन सक्नेछन् । व्यामशाला र अन्य क्लबहरू सञ्चालनका निम्ति अनुमति प्रदान गरिएको छ । संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले ५० वर्षभन्दा माथिका ८५.२ प्रतिशत र ७० वर्षभन्दा माथिका करिब ९० प्रतिशतलाई कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाइएको जानकारी दिए ।

उहाँले घरमा निको हुने कोभिड-१९ बिरामीहरूलाई सहयोग गर्न प्राथमिक हेरचाह नेटवर्कका लागि १८ करोड अष्ट्रेलियाली डलर (१३५.४ मिलियन अमेरिकी डलर) कोषको घोषणा गरेका छन् ।