'गोरे' खोज्न इन्टरपोल गुहार्दै प्रहरी

पत्रपत्रिकाबाट

विहीबार, १३ बैशाख २०७५, ०८ : २६
'गोरे' खोज्न इन्टरपोल गुहार्दै प्रहरी

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका नाइके चुडामणि उप्रेती गोरे खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायता लिने भएको छ । शाक्यको हत्यापछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलमा सूचना जारी गर्न लागिएको हो । इन्टरपोलमा संसारभरका १ सय ९२ राष्ट्रहरु सदस्य छन् । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

नेपाल प्रहरीको मात्र खोजी सूचीमा रहेका गोरे इन्टरपोलमा सूचना सार्वजनिक भएपछि १ सय ९२ देशका प्रहरीको खोजी सूचीमा रहनेछन् । मोरङ प्रहरी प्रमुख अरुणकुमार बिसीले सुन काण्ड र सनम शाक्य हत्या अभियोगका नाइके भनिएका उप्रेतीलाई इन्टरपोलमा सूचना जारी गर्न लागिएको बताए ।
गोरे नेपालबाहिर रहेको थाहा पाएको प्रहरीले खोजीका लागि इन्टरपोलमार्फत डी फ्यूजन नोटिस जारी गर्नलाई आवश्यक प्रक्रिया शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस