को बने कांग्रेसको कार्यबाहक सभापति ?

सफल खबर संवाददाता

शुक्रबार, १२ कार्तिक २०७८, १३ : ४८
को बने कांग्रेसको कार्यबाहक सभापति ?

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २६)  मा भाग लिन शुक्रबार बेलायत प्रस्थान गरेका देउवाले १७ कात्तिकसम्मका लागि आफ्नो अनुपस्थितिमा पार्टीका कामकारवाही अघि बढाउन निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।

देउवाले निधिलाई पत्र लेखेर आफ्नो अनुपस्थितिमा कार्यवाहक सभापति भएर विधानअनुसार काम गर्न निर्देशन दिएको केन्द्रीय कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस