जन्त जाँदा रुने मलामी जाँदा हास्ने मान्छे ओली हुन् : प्रचण्ड

प्रकाश सिग्देल

शुक्रबार, १२ कार्तिक २०७८, ११ : ५८
जन्त जाँदा रुने मलामी जाँदा हास्ने मान्छे ओली हुन् : प्रचण्ड

चितवन । जन्त जाँदा रुने मलामी जाँदा हास्ने प्रवृत्ति नै ओली प्रवृत्ति भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताएका छन् । पुर्व प्रधानमन्त्री ओलीको बालुवाटारबाट बालकोट सर्ने क्रियालाई प्रचण्डले मलामी गएको चित्रण गरे ।

बालुवाटारबाट बालकोट सर्नु नै ओलीको ठुलो पराजय भएको बताउदै उनले त्यो बेला ओली क्याम्पमा माटम छाएको समेत बताए । उनले ओली मलामी जाँदा बाजा बजाउने र नाच्दै गएको समेत आरोप समेत लगाए । प्रचण्डले भने ‘मलामी जाँदा नाच्ने मान्छे यो देशमा कोही छ भने त्यो ओली नै हो ।

सर्वोच्चले परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि एमाले अध्यक्ष ओली बालुवाटार छोडेर बालकोट जाँदा बाजागाजा सहित गएका थिए । त्यसैलाई चित्रण गर्दै प्रचण्डले मलामी जाँदा बाजागाजा सहित गएर रमिता देखाएको बताएका हुन् । चितवनमा चुवान लक्षित कार्यक्रता भेलालाई सम्वोधन गर्दै प्रचण्डले ओली प्रवृत्ति भनेको नेपाली जनता र राष्ट्रका लागि घातक प्रवृत्ति भएको तर्क गरे । त्यही प्रवृत्तिका कारण ओली बालुवाटारबाट बालकोट जान परेको र देशैभरीका प्रदेश सरकार खोसीँदै गएको समेत बताए ।

उनले ओली प्रचण्डबाट अत्तालिएर माडिमा रामसीताका नाममा राजनीति गर्न थालेको र त्यसले पनि नपुगेर चितवनमा नै महाधिवेशन गर्न लागेको समेत बताए । ओलीले आँफुलाई जति खेदे पनि आफु चितवनबाटै चुनाव लडेर भारि मतले बिजय भएर देखाउने समेत बताए ।

कांग्रेसका चितवन समापतीले समेत प्रचण्ड र रेनुलाई चितवनबाट लखेट्छौ भनेको सुन्दा अचम्म लागेको बताउँदै चुनावी परिणामले सबै छिनोफाने गरिदिने तर्क समेत गरे । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले चितवनमा बिरोधिले समेच चर्चा गर्ने गरी विकास भएको तर्क गरिन् ।

कार्यक्रममा २६५ जना अन्य पार्टीबाट माओवादी केन्द्रमा पवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष प्रचण्डले  टिका र खादा लगाएर स्वागत गरेका थिए । जसमा १४७ जना नेकपा एमाले छोडेर, ५२ जना काग्रेस  र अन्य राप्रपा जसपा छाडेर २६५ जना पार्टी प्रवेश गरेका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस