अनेक ‘डिल’ पछि संकटको ‘डिल’ मा प्रधानन्यायाधीश राणा

पत्रपत्रिकाबाट

मंगलबार, ०९ कार्तिक २०७८, ०८ : १४
अनेक ‘डिल’ पछि संकटको ‘डिल’ मा प्रधानन्यायाधीश राणा

काठमाडौं । न्यायिक स्वतन्त्रता र गरिमाविपरीतका शृंखलाबद्ध कार्यका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा संकटको डिलमा पुगेका छन् । उनी सर्वोच्च अदालतकै न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश, नेपाल बार एसोसिएसन र नागरिक समाजबाट चौतर्फी दबाबमा परेका छन् ।

सर्वोच्चका १३ न्यायाधीशले सोमबार पूर्ण बैठक बहिस्कार गरेका छन् । उनीहरु प्रधानन्यायाधीशले तोकेको इजलासमा बसेनन् । सर्वोच्चको काम कारबाही नै ठप्प भयो । न्यायिक इतिहासमा यो नौलो घटना हो । अब सहकर्मीसँग एकसाथ इजलासमा बस्न जबरालाई कठिन छ ।

जबराको राजीनामा माग्नेको संख्या बढ्दो छ । त्यसमा चार पूर्वप्रधानन्याधीश, पूर्व न्यायाधीशको फोरमपछि नेपाल बार पनि थपिएको छ । एकपछि अर्को विवादित कदमबाट उम्कन प्रधानन्यायाधीश जबराले यसबीच अनेक डिल गरे ।

तर उनको संकट झन् गहिरिँदो छ । जबरालाई अब राजनीतिक डिलले जोगाउन नसके राजीनामा नै अन्तिम निकास हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस